काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । देश विदेशमा रहेका आफ्ना गुरुहरुलाई शिष्यहरुले सामाजिक सञ्जालका मार्फत सम्झिरहेका छनद् । आभार प्रकट गरिरहेका छन् ।
यसैबिच नायिका पूजा शर्माले पनि बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो ‘गुरु’निर्देशक सुदर्शन थापा भएको भन्दै उनलाई सम्झिएकी छिन् । थापालाई आफ्नो जीवनको ‘आशिर्वाद’ भन्दै पूजाले आभार प्रकट गरेकी छिन् ।
पूर्व प्रेमीका रुपमा एक समय चर्चा कमाएका सुर्दशनलाई गुरु मान्दै पूजाले भनेकी छिन् तिमीले मलाई एटा शिक्षकजसरी सिकायौ, मेरो बुवाआमाजसरी संरक्षण गर्यौ र मेन्टरजसरी बाटो देखायौ । अँग्रेजीमा लेखिएको उक्त स्टाटसमा पूजाले अगाडी भनेकी छिन् तिमीले साँच्चिकै आजको दिन धेरै डिजर्भ गर्छौ । तिमीले मलाई ठूलो सपना देख्ने सबै कारणहरु दियौ र त्यसलाई प्राप्त गर्ने स्रोत–साधन पनि । तिमी मेरो जीवनको आशिष हौ ।
म तिम्रो विद्यार्थी हुनुमा अनुग्रहित छु । तिमीले मेरो उत्कृष्टतामा पुग्ने चुनौति दिएकोमा र मभित्र सिक्न हुटहुटी पैदा गराएकोमा धन्यवाद छ । ह्याप्पी गुरु पूर्णिमा काजी । पूजाले गुरु मानेका निर्देशक थापा र पूजा लामो समयदेखि नेपाली चलचित्रमा सहकार्य गर्दै आएका छन् ।
केही म्युजिक भिडियो खेलेकी पूजालाई सुदर्शनले चलचित्र ‘मधुमास’ मार्फत डेब्यू गराएर राम्रो स्थान दिए । सुष्मा कार्कीसँग ब्रेकअप भए लगत्तै पूजा र सुर्दशनको भेट भएको थियो ।ब्रेकअपको पीडामा रन्थनिएका सुदर्शन पुजासँग छिट्टै अट्याच भए । त्यसपछि उनले निरन्तर आफ्ना फिल्ममा पुजालाई नै नायिका बनाइरहेका छन् । सुदर्शन र पुजा मिलेर केही फिल्म निर्माण पनि गरेका छन् । हाल सर्दशनले संचारकर्मी सुप्रिया कटवालसउँग विबाह गरिसकेका छन् भने पूना युद्ध बानिया नामक युवकसँग प्रेममा छिन् ।