पेयपदार्थको बोत्तल हटाउने खेलाडीलाई जरिवाना तिराउने यूईएफएको चेतावनी , अब रोनाल्डो र पोग्बाले के गर्छन् होला त ? — OSNepal

पेयपदार्थको बोत्तल हटाउने खेलाडीलाई जरिवाना तिराउने यूईएफएको चेतावनी , अब रोनाल्डो र पोग्बाले के गर्छन् होला त ?

LC (KTM) June 18, 2021 0

युरोकपका पछिल्ला दिनमा खेलाडीले स्पोन्सर गर्ने पेयपदार्थ हटाएको प्रति यूईएफएले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।

पटक पटक खेलाडी बाट यस्तो हुनु दुर्भाग्यपुर्ण रहेको जनाएको छ । यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ । सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रेस कन्फ्रेन्सको बेला कोकाकोलाको बोतल हटाएर पानी खान आग्रह गरेका थिए ।

यसका कारण कोकाकोलाको शेयरमा खरबौको नोक्सान भएको थियो । यस्तै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए । अब खेलाडीबाट यस्तो भए वा गरेमा जरिवाना तिराउने यूईएफएले चेतावनी दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर