वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ — OSNepal

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

LC (KTM) June 18, 2021 0

ललितपुर ४ असार । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले वैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो बमोजिमको १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर