कोपा अमेरिका कपमा भोली बिहान मेसी र सुआरेज भिड्दै , अर्जेन्टिना र उरुग्वे कसले मार्ला त बाजी ? — OSNepal

कोपा अमेरिका कपमा भोली बिहान मेसी र सुआरेज भिड्दै , अर्जेन्टिना र उरुग्वे कसले मार्ला त बाजी ?

LC (KTM) June 18, 2021 0

युरोकप पछि सबैको ध्यानाकर्षण कोपा अमेरिका कप फुटबलमा रहेको छ । कोपा अमेरिका कपमा भोेली बिहान शक्तिशाली टिम अर्जेन्टिना र उरुग्वेबीच खेल हुदैछ । यी दुबै टोली भोली बिहान नेपाली समय अनुसार पौने ६ बजे पहिलो जितको खोजीमा हुनेछन् ।

समूह बीको खेलमा दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र आपसमा भिड्न लागेका हुन् । अर्जेन्टिनालाई यस अघि नै चिलीले बराबरीमा रोकेको थियो । उसके प्रतिद्धन्दि उरुग्वे भने कोपा अमेरिकाको यस संस्करणको पहिलो खेल खेल्दैछ ।

लुईस सुआरेज प्रेरित उरुग्वे अर्जेन्टिनी टिमलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा लियोनल मेस्सी र सुआरेज पुन एक पटक आमने सामने हुँदैछन् ।

दुवै खेलाडी ला लिगामा एक समय बार्सिलोनाबाट खेलेका थिए । शनिबार बिहानै हुने अर्को खेलमा चिली र बोलिभिया भिड्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ३ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर