नेपाली क्रिकेटप्रेमी तथा खेलाडीहरुका लागि खुशीको खबर आएको छ । नेपाल क्रिकेट संघ क्यान ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी ट्वान्टी लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी(भैरहवा र सुदुरपश्फाचिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले यस अघि नै मान्यता दिईसकेको छ।