जब करण जोहरले सारा अली खानलाई क्रसको नाम सोधे, जवाफ सुनेर जान्हवी कपूर छक्क परिन् — OSNepal

जब करण जोहरले सारा अली खानलाई क्रसको नाम सोधे, जवाफ सुनेर जान्हवी कपूर छक्क परिन्

LC (KTM) July 12, 2022 0

बलिउड निर्माता करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ को सातौं शृंखला सुरु भएको छ । यसको पहिलो एपिसोडमा नयाँ दुलही आलिया भट्ट र रणवीर सिंह आएका छन् । दुवैले आफ्नो जीवनसँग जोडिएका धेरै पक्षबारे कुराकानी गरेका थिए । यससँगै धेरै रहस्य खुल्यो । दुवैले आफ्नो विवाहको कुरा पनि गरेका छन् । यसैबीच, शोको दोस्रो एपिसोडमा सारा अली खान र जान्हवी कपूर देखिने खबर छ ।

वास्तवमा, करण जोहरको यो च्याट शोलाई प्रमोट गर्दै भनेका छन्, ुशोले कार्तिक आर्यन र सारा अली खानको प्रेम कहानी सहित धेरै बलिउड प्रेम कथाहरू अगाडि ल्याएको छ। फिल्ममेकरको यो कुरा सुनेपछि सारा अली उनीसँग निकै क्रोधित भइन् । सारा र कार्तिकले फिल्म ‘लभ आजकल’ मा सँगै काम गरेका थिए । अभिनेत्री चाँडै ुलुका छुपी २ु मा देखिनेछिन्। यो शोबाट करण जोहरको कमाई थाहा पाउँदा तपाईको टाउको नै दुख्ने पक्का छ ।

यदि ७ औँ सिजनको कुरा गर्ने हो भने यस सिजनको एक एपिसोडका लागि करणले १ देखि २ करोड रुपैयाँसम्म पारिश्रमिक लिइरहेका छन् । कफी विथ करणको हरेक सिजनमा, करणले करिब २० एपिसोडहरू होस्ट गर्छन्। यस्तो अवस्थामा यो पटक पनि उनले लगभग उति नै एपिसोड सुट गर्ने र यसका कारण उनले पूरै सिजनको ४० करोड रुपैयाँसम्म पारिश्रमिक लिने निश्चित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर