काठमाडौ । तीन दिन अघि परेको अविरल बर्षापछि सेतीनदी तथा आसपासको खोलामा माछा मार्न गएका सर्वसाधारणहरु । बर्षासँगै नदी र खोलामा भेल आएसँगै माछा मार्न र नदी किनारमा दाउरा निकाल्न मानिसहरुको भीड लाग्ने गर्दछ ।
यो पनि :गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप-जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिएमसी० को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।
जिल्लाभित्र कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य वस्तु, खाद्यान्य, तरकारी, दूध तथा माछा, मासु, कृषिजन्य बीउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसअघि ९ बजेसम्म मात्र त्यस्ता पसल सञ्चालन गर्न दिइएको थियो ।
त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसल जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने दिइने प्रशासनले जनाएको छ । सामुदायिक विद्यालयका हकमा भने पुस्तक व्यवसायीले विद्यालयसम्म पुस्तक पु¥याइदिने र विद्यालयले आलोपालो गरी विद्यार्थीहरुलाई पुस्तक वितरण गर्ने व्यवस्था मिलाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
जिल्लाभित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानी, सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधि तथा औषधिजन्य उत्पादन र विक्री वितरणलगायत अत्यावश्यकबाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि आजको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
सञ्चारकर्मीका हकमा सूचना विभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ । बैठकले बैंक तथा सहकारीबाहेक वित्तीय संस्था लघुवबत्त, बीमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंकभित्र समेत दुई मिटरको भौतिक दूरी अनिवार्य कायम गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।