चितवनका एसपी चढेको गाडीलाई मालवाहक ट्रकले दियो ठक्कर, ६ प्रहरी घाइते — OSNepal

चितवनका एसपी चढेको गाडीलाई मालवाहक ट्रकले दियो ठक्कर, ६ प्रहरी घाइते

LC (KTM) June 18, 2021 0

चितवन । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी सवार गाडी ट्रकसँग ठोकिदा ६ प्रहरी घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित घाइते ६ जना प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटना गाईघाटमा भएको हो । मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमा निस्किएको प्रहरीको टोलीलाई ट्रकले ठक्कर दिएपछि प्रहरीको गाडीमा क्षती पुगेको छ । घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको त कतै हातमा चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर