खतरो के खिलाडी सिजन ११ को शुटिंगमा वरुण भए घाईते , हेर्नुहोस् कस्तो खतरा गरेछन् स्टण्ड — OSNepal

खतरो के खिलाडी सिजन ११ को शुटिंगमा वरुण भए घाईते , हेर्नुहोस् कस्तो खतरा गरेछन् स्टण्ड

LC (KTM) June 18, 2021 0

टेलिभिजनको स्टण्ड बेस्ट रियालिटी शो खतरो के खिलाडी सिजन ११ साउथ अफ्रिकाको केपटाउनमा भईरहेको छ । यसपाली टेलिभिजनका धेरै जसो सेलिब्रेटीहरुले यस शो मा भाग लिएका छन् ।

शो मा राहुल बैद्य देखी लिएर दिब्यांका त्रिपाठी, श्वेता तिवारी, वरुण सूद , बिशाल आदित्य सिंह , अनुष्का सेन, सना मकबुल, अभिनव शुक्ला समेतका स्टारहरु रहेका छन् । सबैजनाले सामाजिक सञ्जालमा आ आफ्ना मस्तिहरु शेयर गरिरहेका छन् ।

तर यो शो अलि खतरनाक नै रहेको छ । यस शो मा कसैलाई चोट लाग्यो भने त्यो अचम्मको कुरा मान्नु पर्दैन । यसपटक वरुण सूदलाई ३–४ दिन पहिले स्टण्ड गर्दा चोट लागेको थियो । त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो ।

वरुण एक खतरनाक स्टण्ड गरिरहेका थिए त्यतिबेला उनी घाईते हुन पुगे । उनको नाडीमा चोट लागेको छ । उनी त्यतिबेला एकदम दुखाईले तड्पिएका थिए । उपचार पछि उनको दुखाईमा कमी आएको बताइएको छ ।

केही समय अगाडि रोहीत शेट्टिले शो को प्रोमो रिलीज गरेका थिए । जहाँ उनी हेलिकप्टरमा चढेको देखिन्थे त्यो पनि चलिरहेको गाडिको साथमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर