भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पाँच हजार नेपाली स्वदेश फर्किए — OSNepal

भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पाँच हजार नेपाली स्वदेश फर्किए

LC (KTM) June 18, 2021 0

बैतडी, ४ असार- कोरोनाको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच तथा बाजुराका १२१ नेपाली झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् ।

यस्तै कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जना पनि झुलाघाट नाका भएर फर्किएको बताइएको छ । नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् । भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर