महासचिव पोखरेलबाट निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण — OSNepal

महासचिव पोखरेलबाट निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण

LC (KTM) June 18, 2021 0

काठमाडौँ, ४ असार : सत्तारुढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आज काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गर्नुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको थियो ।

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ – ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर