मोडल नीति शाहले नेपाली फिल्ममा डेब्यु मार्ने भएकी छिन् । फिल्मको बारेमा पुर्ण जानकारी बाहिर आईनसके पनि उनले चर्काे पारश्रमिकमा फिल्ममा डेब्यु मार्न लागेकी हुन् । उनी यसअघि उपयुक्त फिल्मको पखाईमा रहेकी थिईन् । प्राप्त जानकारी अनुसार मोडल नीतिले एक कर्पाेरेट हाउसले निर्माण गर्न लागेको फिल्ममा १४ लाख रुपैया पारश्रमिक लिएर डेब्यु मार्न लागेकी हुन् ।
उनलाई फिल्मका प्रस्ताव पनि नआएका हैनन् । तर उनले सबैलाई अस्वीकार गरिन् । अब १४ लाख पाउने पक्का भएसंगै १ लाख ४० हजार रुपैयाँ साइनिङ अमाउन्ट पनि लिई सकेकी छिन् । थुप्रै फिल्म अस्वीकार गरेकी उनले यो फिल्म पनि आफ्ना केही सर्त राखेर साईन गरेकी हुन् ।
उनले फिल्ममा भल्गर तथा अश्लील दृश्य हुन नहुने र द्विअर्थी अर्थात अश्लीलता बुझिने खालको शब्दको प्रयोग हुन नहुने सहमती पत्रमा उल्लेख गरेकी छिन् । अहिले ब्यानर मात्र निश्चित भएको उक्त प्रोजेक्टबारे औपचारिक जानकारी आगामी साता दिने निर्माण पक्षको तयारी रहेको छ ।