काठमाडौँ। रणवीर सिंह र दीपिका पादुकोण अब शाहरुख खानका छिमेकी बन्ने भएका छन् । भारतिय मिडियाक अनुसार यो जोडीले शाहरुकोको घर जजिक ११९ करोडको लक्जरी अपार्टमेन्ट किनेको बताइएको छ ।
म्बईको बान्द्रामा अवस्थित हरियाली आवासीय टावर ‘सागर रेशम’ मा दीपिका(रणवीरले विलासी अपार्टमेन्ट किनेका छन्। यस घरबाट उनीहरुले ब्यान्डस्ट्यान्डबाट अरब सागरको सुन्दर दृश्य हेर्न पाउनेछन् । यो जोडीको अपार्टमेन्ट टावरको १६, १७, १८ र १९ औं तलामा रहेको बताइएको छ ।
यसको कुल क्षेत्र ११ हजार २६६ वर्ग फुट र एक विशेष टेरेस १ हजार ३ सय वर्ग फुट छ।दरको हिसाबले, वरपरको सम्पत्तीको मूल्य प्रति वर्ग फुट १ लाख रुपैयाँ छ। यस अर्थमा यो अपार्टमेन्टको मूल्य करिब ११९ करोड रुपैयाँ पर्छ।
यो किन्नका लागि अभिनेताले ७।१३ करोड रुपैयाँ स्टाम्प शुल्क तिरेका छन् । जसमा उनीहरुले १९ वटा पार्किङ क्षेत्र पाएका छन्। मिडिया रिपोर्टका अनुसार यो अपार्टमेन्ट शाहरुख खानको मन्नत र सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको धेरै नजिक छ ।