गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम को स्वरमा ‘मेरो ड्याडी’बोलको गीत सार्वजनिक, पुष्प खड्का र सारिका केसीको अभिनय — OSNepal

गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम को स्वरमा ‘मेरो ड्याडी’बोलको गीत सार्वजनिक, पुष्प खड्का र सारिका केसीको अभिनय

LC (KTM) July 11, 2022 0

काठमाडौं, २७ असार:

गीतकार ज्योति गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार जेजी क्रियसन युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर