बलिउडका चर्चित अभिनेता सोनू सूदले दिए आफ्नो छोरालाई यस्तो लग्जरीयस कार , आफ्नो बुवाले चलाएको चेतक स्कुटर अझै पनि सोनूकै साथमा — OSNepal

बलिउडका चर्चित अभिनेता सोनू सूदले दिए आफ्नो छोरालाई यस्तो लग्जरीयस कार , आफ्नो बुवाले चलाएको चेतक स्कुटर अझै पनि सोनूकै साथमा

LC (KTM) June 18, 2021 0

बलिउडका चर्चित अभिनेता सोनू सूद कोरोनको यो महामारीका बेला सबैको सहयोगमा जुटिरहेका छन् । उनले यो बेला गरेको निस्वार्थ सहयोगले सबैको मन जित्न सफल भएका छन् । उनलाई मजदुरहरुको मसिहाको उपाधी समेत दिएका छन् ।

उनी अहिले आफ्नो छोरालाई एउटा शानदार उपहार दिए संगै चर्चामा चुलिएका छन् । उनले आफ्नो छोरालाई हालसालै भारतमा लन्च भएको लग्जरीयस कार मर्सिडिज मेब्याच गिफ्ट गरेका छन् । उनको यो भीडियो अहिले भाईरल भईरहेको छ ।

आफ्नो छोरा आर्यनलाई उनले उक्त कार गिफ्ट गरेका हुन् । उक्त भिडियोमा कारका बारेमा एक ब्यक्तिले बताईरहेको देखिन्छन् । त्यसपछि सोनू सूद आफ्ना २ छोराका साथ कार ड्राइभ गरेर निस्किएको भिडीयो भाईरल भएको हो । सोनूको साथमा धेरै लग्जरीयस कारहरुको कलेक्सन रहेको छ ।

उनले आँडी क्यु ७, मर्सिडिज बेंज एमएल क्लास तथा पोर्श जस्ता महंगा र सुबिधायुक्त कारहरु रहेका छन् । उनी संग एक चेतक स्कुटर पनि रहेको छ । जुन उनका लागि एकदमै खास रहेको छ । किनकी उक्त स्कुटर उनको बुवाले चलाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर