बहिनीको बिहेका लागी नेपाल आएकी नन्दिताले भनिन् 'बहिनीको बिवाह समारोह देखेर आत्तिए' — OSNepal

बहिनीको बिहेका लागी नेपाल आएकी नन्दिताले भनिन् ‘बहिनीको बिवाह समारोह देखेर आत्तिए’

LC (KTM) July 11, 2022 0

काठमाडौं । लामो समय अमेरिका बसेर गुमनाम भएकी अभिनेत्री नन्दिता केसी अहिले नेपाल फर्किएकी छन् । उनी आफ्नी बहिनीको बिहेको लागी नेपाल आएकी हुन् । बहिनीको बिहेमा नेपाल आएकी उनलाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीको विवाहको रिसेप्सन पार्टीमा जाने अबसर पनि जुरेको थियो ।

पार्टीमा उनी आकर्षण बनिन् । सारीमा सजिएकी भए पनि उनमा पहिलेजस्तो चमक चाहिं देखिएको थिएन् । अहिलेसम्म अविवाहित नन्दितालाई बिहे समारोहमा आफ्नै बिहेको प्रश्नले हैरान बनाएको थियो । बहिनीको बिहे गराउन नेपाल आएकी नन्दिता विवाह समारोह हेरेर आफू आत्तिएको बताइन् ।

‘म त बहिनीको बिहे देखेर त भागेर बिहे गर्छु जस्तो लाग्न थाल्यो । निकै हेक्टिक हुने रैछ । सानो सानो कुरामा ध्यान दिनुपर्ने । यो नै गर्छु भन्ने थाहा छैन ।‘चंखे शंखे पंखे’ सन् २०१५ मा काम गरेपछि उनी त्यसयता फिल्ममा देखा परेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर