काठमाडौँ ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग आज शुक्रबार छलफल गरेकी छन् । आज अपरान्ह्र राष्ट्रपति कार्यालय शितलनिवासमा गृहमन्त्री खगराज अधिकारी,नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल भएको जनाइएको छ ।
के विषयमा छलफल भएको भन्ने अहिले बाहिर आएको छ । हिजो मात्र सर्वोच्चलाई लिखित जवाफ बुझाएकी राष्ट्रपति भण्डारीले आज देशका प्रमुख चार निकायसँग छलफल गर्नुलाई भने चासोको रुपमा लिइएको छ ।