मेलम्चीबासीको घाउमा मलम लगाएर फर्किन् नायिका आँचल शर्मा, बाढी पिडितहरुलाई गरिन् ठूलो सहयोग — OSNepal

मेलम्चीबासीको घाउमा मलम लगाएर फर्किन् नायिका आँचल शर्मा, बाढी पिडितहरुलाई गरिन् ठूलो सहयोग

LC (KTM) June 18, 2021 0

काठमाडौँ । चर्चित नायिका आँचल शर्माले मेलम्चीबासीको सपना बाढीले बगाएको बताएकी छिन् । नायिका शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा हालैगएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् । मेलम्चीबाट काठमाडौँ फर्किएसँगै नायिका शर्माले सामाजिक सञ्जालमा यस विषयमा जानकारी गराएकी छिन् ।

नायिका शर्माले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’

उक्त कार्यक्रमका लागि आँचल र उनका श्रीमानसँगै पुगेका थिए । आँचल दम्पत्तिका साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स लगायतका कलाकर्मी मेलम्ची पुगेर राहात वितरण गरेर फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर