बलिउड अभिनेत्री नीना लाई गे संग बिबाह गर्न साथीले सुझाएको गरिन् आफैले खुलासा , छोरी भएको कारण यसरी रिलेसनसिप ब्रेकअप गरेका रहेछन् वेष्टइण्डिजका खेलाडीले — OSNepal

बलिउड अभिनेत्री नीना लाई गे संग बिबाह गर्न साथीले सुझाएको गरिन् आफैले खुलासा , छोरी भएको कारण यसरी रिलेसनसिप ब्रेकअप गरेका रहेछन् वेष्टइण्डिजका खेलाडीले

LC (KTM) June 18, 2021 0

बलिउड अभिनेत्री निना गूप्ताको जिवन एकदमै संघर्षशिल रहेको छ । उनले प्रोफेश्नल र पर्सनल दुबै ठाउँमा एकदमै संघर्ष गर्नुपरेको थियो । उनलाई सफलता भने ६० बर्षको उमेरमा मात्र मिल्यो । उनलाई अहिले फिल्मी उद्योगमा लगातार सफलता मिलेको हो ।

उनलाई यो उमेरमा निर्माता तथा निर्देशकले भरोसा दिलाई रहेका छन् । तर यी अभिनेत्रीले यो उमेरमा आफ्नो अटोबायोग्राफि लेखेकी छिन् । उनले यसमा आफ्नो ब्यक्तिगत र पेशागत जिवनका बारेमा धेरै खुलासा गरेकी छिन् ।

यस्तो थियो उनको संघर्ष : 

सबैलाई थाहा छ नीना गृुप्ता वेष्टइण्डिजका महान प्लेयर बिबियन रिचर्डस संग रिलेशनसिपमा रहेकी थिईन् । यो रिलेशनसिपमा उनले मसाबा नामकी एक छोरीलाई जन्म दिएकी थिईन् । तर छोरी भएको भन्दै बिबियन रिचर्डसले नीना संग बिबाहका लागि इन्कार गरेका थिए ।

यसपछि नीनालाई एकदमै मुश्किल आईपरेको थियो । उनलाई फिल्ममा पनि खास रोल मिलेको थिएन । बिबियन रिचर्डसले ब्रेकअप दिएपछि झन् उनी चर्चामा आईन् । उनले सिंगल मोदरका रुपमा मसाबाको रेखदेख गरिन् । नीनाले आफ्नो किताब सच कहु तो मा बताए अनुसार जब नीना गर्भवती थिईन् ।

उनलाई धेरैले दोस्रो बिबाह गर्नका लागि सल्लाह दिन्थे । उनको एक साथीले उनलाई यस्तो सल्लाह दिईन् कि उनी तिन छक्क परिन् । मुम्बईको बान्द्रामा एक बैंकर थिए जो गे रहेका थिए । ति बैंकरलाई पनि गे भएकै कारण समाजमा बस्न घुलमिल हुन अत्यन्तै कठिन भईरहेको थियो त्यसैले नीनालाई उनकी साथीले बिबाह गरेर आ आफ्नो तरिकाले बस्ने त्यसो गर्दा नीना र ति बैंकरलाई पनि सजिलो हुने उपाय सुझाएकी थिईन् ।

उनको साथीको यस्तो प्रस्तावले उनी तिन छक्क परेकी थिईन् । उनले तत्कालै हाँस्दै समाजमा बिबादस्पद कुरालाई पन्छाउन आफुले बिबाह नगर्ने प्रतिक्रिया दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर