काठमाडौँ :
हाँस्यशृखला मेरी बास्सैमा माग्ने बुढाको रोल गरेर कलाकारितामा चम्किउका केदार घिमिरेको निर्देशनमा तयार भएको ‘कमेडी हब’ तपाईले हेर्नुभएको छ रु
ठूलो चर्चासहित प्रसारणमा आएको तर टीभीको टीआरपीदेखि युट्युबमा समेत भ्युज पाउन नसकेको ‘शो’ भएको आरोप खेपेपछि माग्ने बुढा अहिले तनावमा छन् ।
एउटा ‘शो’का लागि १० लाख लगानी गरे पनि नतिजा अनुकूल नआएपछि ‘शो’को संरचना परिवर्तन गर्ने तयारीमा निर्माण कम्पनी मिडिया हब पुगेको सेतले जनाएको छ।
कलाकारितामा छुट्टै पहिचान बनाएका माग्ने बुढाको निर्देशनमा तयार ‘कमेडी हब’मा धेरै कलाकार भएका कारण कसलाई के भूमिका दिने भन्ने भद्रगोलको अवस्था आएको र कलाकारहरुले माग्ने बुढालाई नै टेर्न छाडेका कारण समस्या उत्पन्न भएको भन्दै ठूलो लगानी गरेको मिडिया हब पनि निराश छ।
‘शो’ले प्रसारणपछि खासै बजार तताउन नसकेपछि प्रसारणको छोटो समयमै निर्माता कम्पनी मिडिया हब समीक्षामा जुटेको छ।