क्राईम पेट्रोलमा काम गर्ने कलाकारले नै क्राईम गरेपछि प्रहरीको फन्दामा , लकडाउनले सिरीयल शुटिंग रोकिदा टाँट पल्टिएपछि यसरी गरेछन् चोरी — OSNepal

क्राईम पेट्रोलमा काम गर्ने कलाकारले नै क्राईम गरेपछि प्रहरीको फन्दामा , लकडाउनले सिरीयल शुटिंग रोकिदा टाँट पल्टिएपछि यसरी गरेछन् चोरी

LC (KTM) June 18, 2021 0

भारतीय टेलिभिजनमा चर्चित क्राईम पेट्रोल तथा सावधान इण्डिया जस्ता एकदमै ख्याती कमाएका शो मा काम गर्ने दूई जना कलाकार चोरीको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुलाई मुम्बई पुलिसले गिरफ्तार गरेको हो । कोरोनाकालमा भएको लकडाउनका कारण सीरियलके शुटिंग बन्द भएपछि यी दुबै जना कलाकार लाई आर्थिक मन्दीले सताएको थियो । उनीहरुको एक जना साथीले आरे कोलोनीमा पेइंग गेस्ट चलाउने गरेको थियो । उनीहरु दुबै जना त्यहाँ बस्नका लागि केही दिन अघि आएका थिए ।

सीसीटीभी क्यामरामा चोरीको भिडियो कैद : 

आरे कोलोनीको रोयल पाम ईलाका स्थित एउटा बिल्डीङमा रहने एकजना साथीको घरमा उनीहरु दुबै जना १८ मे मा पेइंग गेस्ट बनेर बसेका थिए । त्यसैबेला दुबै जना कलाकारले सोही घरमा रहेका एक पेइंग गेस्टको लकअपमा राखेको ३ लाख २८ हजार लिएर त्यहा बाट फरार भएका थिए ।

ति पेइंग गेष्टले आरे पुलिसमा कलाकार सुरभि सुरेन्द्र लाल श्रीवास्तव र मोसिना मुख्तार शेखले आफ्नो पैसा चोरेको आशंका रहेको बताएका थिए । अनुषन्धानका क्रममा सीसीटीभि फुटेजमा यी दुबै जना कलाकार बाहिर जाँदै गरेको देखिएको थियो ।

त्यसपछि पुलिसले पक्राउ गरेको थियो । उनीहरु अन्य वेबसिरीजमा समेत काम गरिसकेका कलाकार रहेका छन् । उनीहरु दुबै जनाबाट पुलिसले चोरी गरेको मध्ये ५० हजार रुपैया बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर