क्रिस्टियानो रोनाल्डो र बलिउड अभिनेत्री अमृताको मिम भाईरल, के छ र यति धेरैले हेरे यो भिडीयो — OSNepal

क्रिस्टियानो रोनाल्डो र बलिउड अभिनेत्री अमृताको मिम भाईरल, के छ र यति धेरैले हेरे यो भिडीयो

LC (KTM) June 18, 2021 0

चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले हालै युरोकपको एक कन्फ्रेन्समा राखिएको कोकको बोत्तल हटाएपछि उक्त भिडीयो भाईरल भयो । आफ्नो टेबल अगाडि राखिएको कोकको बोत्तल हटाएर पानीको बोत्तल लिएका थिए ।

उनले सबैलाई सल्लाह दिन्छन् कि स्वास्थ्यको लागि पानी पिउनुस । उनको यो हर्कत पश्चात कोकाकोला कम्पनिको शेयरमा अहिले सम्म २ खर्बको नोक्सान भएको छ । रोनाल्डोको यस भिडीयो लाई लिएर अहिले बिभिन्न मिम बनिरहेका छन् । जुन भाईरल पनि भईरहेका छन् ।

यीनै मिमहरु मध्ये बलिउड अभिनेत्री अमृता रावले खेलेको फिल्म बिबाहको एक क्लिप पुरै भाईरल भएको छ । जसमा उनले जल लिजीए भनेकी हुन्छिन् । आफ्नो पुरानो फिल्मको यो भिडीयो अहिले भाईरल भएछि उनले प्रतिक्रिया समेत दिएकी छिन् ।

यस्तो छ रोनाल्डो र अमृताको भाईरल मीम :

कुनै एक ट्विटर युजरले क्रिस्टियानो रोनाल्डोको एक्सन तथा अमृता रावको डायलगलाई मिलाएर एक मीम बनाएका थिए । त्यहि मीममा प्रतिक्रिया दिदै अमृताले पनि सामाजिक सञ्जालमा एउटा फोटो शेयर गर्दै लेखेकी छिन्– तपाई के गरिरहनु भएको छ ?

यसको साथ उनले पानी पिउने तथा हाँसेको इमोजी शेयर गरेकी छिन् । अमृताको यो पोष्ट अहिले हजारौले लाईक गरेका छन् । त्यति मात्र हैन कतिपयले यस पोष्टमा चाख लाग्दो कमेन्ट समेत गरेका छन् । अमृता अहिले आफ्नो परिवार संग क्वालिटी टाइम बिताईरहेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर