किन जलाइयो अक्षय कुमारको पुत्ला ? — OSNepal

किन जलाइयो अक्षय कुमारको पुत्ला ?

LC (KTM) June 18, 2021 0

काठमाडौं । बलिउड सुपरस्टार अक्षयकुमार सदावहार नायकका रुपमा बलिउडमा चचामा आइरहने अभिनेता हुन् । शाहरुख र सलमान खान चल्न छाडेका बेला प अक्षय निरन्तर चलिरहेका छन् । तर यतिबेला भने अक्षयकुमारलाई पनि कडा झड्का लागेको छ ।

अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ को टाइटलको विरोधमा चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएसँगै उनी अप्ठ्यारोमा परेका छन् । अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गर्दै उनी विरुद्ध प्रर्दशन गर्दै पुत्ला जलाउका हुन् ।

उक्त संगठनले करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको छ । ‘पृथ्वीराज’ यशराज फिल्मको पहिलो ऐतिहासिक र प्रतिक्षित फिल्मका रुपमा चौतर्फी चर्चा सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर