ब्लड प्रेसरका बिरामीले यी खानेकुरा नियमित खाएमा मिल्छ फाइदै फाइदा — OSNepal

ब्लड प्रेसरका बिरामीले यी खानेकुरा नियमित खाएमा मिल्छ फाइदै फाइदा

LC (KTM) July 10, 2022 0

काठमाडौं ।

पछिल्लो समय मानिसमा रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी रोगीको संख्या दिनानुदिन बढिरहेका छन् । खानपान र जीवनशैलीका कारण ब्लड प्रेसर रोगी बढिरहेका छन् ।

रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यसका लागि केही उपयोगी जानकारी दिन खोजिएको हो ।

१. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ । २. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ । ३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।

४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । ५. नुनको सेवन कम गर्नु पर्दछ । ६. चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ । ७. दिनमा कम्तिमा १०–१२ गिलास पानी पिउनु पर्दछ ।

८. जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ । ९. काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।

१०. तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ । ११. जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

१२. मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित सेवन गर्नु पर्दछ । १३. दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर