काठमाडौं, २६ असार :
घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।
भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनायो ।
भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।
यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।