पोखरा ४ असार । विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्री भएका नेपाली कांग्रेसका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउका छन् । आज भएको प्रदेशसभामा पोखरेलले विश्वासको मत माग्दा ३१ मत पाएका हुन् ।
पोखरेललाई ५१ सदस्यीय सदस्य रहेको प्रदेशसभामा विपक्षी दल माधप नेपाल समुहको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत दिएका हुन् ।