वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु — OSNepal

वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु

LC (KTM) July 09, 2022 0

काठमाडौँ, २५ असार -गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो ।ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् भने रु ६६ करोड ५९ लाख बढीको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर