पौडी खेल्ने क्रममा यी बालक एक्कासी डुबे, त्यसपछि स्थानीय र प्रहरीले उद्दार गरे तर — OSNepal

पौडी खेल्ने क्रममा यी बालक एक्कासी डुबे, त्यसपछि स्थानीय र प्रहरीले उद्दार गरे तर

LC (KTM) July 09, 2022 0

पूर्वी नवलपरासी, २५ असार

पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कावासोती-५ निवासी नवलसिंह झेडी रहेका छन् ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका-५ केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगेको भए पनि स्वास्थ्यकर्मीले बालकलाई मृत घोषणा गरेका थिए ।

यो पनि : बुढीगंगा निर्वाचन अपडेट : ६ वडाको मत गणना सकिदा कांग्रेसले खाता खोल्यो : बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जीतेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन् । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ ।

बुढीगंगामा हाल सम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उम मेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडी रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन् ।

उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याएकिछन् । बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर