काठमाडौं –
मोडल नीति शाहले आफुलाई अनमोल केसीको नरमपन पर्ने बताएकी छन् । बौद्धमा हालै सुरु भएको ‘रेड मड कफी’को नयाँ शाखाको उद्घाटन गर्न पुगेकी उनर्ला पत्रकारले सोधेको प्रश्नमा यस्तो जवाफ दउकी हुन् ।
केही समयअघि अनमोल केसीसँग फिल्म खेल्नका लागि भुवन केसीलाई भेटेको प्रसंगमा नीतिले आफूलाई अनमोल मन पर्ने बताइन्।अनमोलसँग स्कुल पढेकी नीतिले अनमोलको नरम व्यवहार आफूलाई मन पर्ने भन्दै उसलार्य राम्रोसग चिनेको बताइन् । नीतिले फिल्ममा आउँने तयारी गरिरहेको भए पनि जस्तो पायो त्यस्तो फिल्ममा काम नगर्ने बताएकी छिन्।
‘दर्शकको अपेक्षालाई कमजोर बन्न दिनु हुँदैन भन्दै फिल्ममा आउनका लागी तयारीमा रहेको बताएकी छन् । निराजन गिरीलाई म्यानेजरमा नियुक्त गरेर फिल्मका कथा पढिरहेकी उनले ठूलो पर्दाको हिरोइन बन्ने बाटोमा छिन् ।केही समयअघि नीतिले अनमोलसँग काम गर्नका लागि उनका बुवा भुवन केसीलाई भेटेको खबर चर्चामा थियो।