अक्षय कुमारले फ्यानहरुलाई ठूलो सरप्राइज दिएका छन् । बलिउड स्टारको शीर्षकविहीन फिल्मको नयाँ लुक्स सार्वजनिक भएको छ । यो लुक फिल्म समीक्षक तरण आदर्शले ट्विटरमा सेयर गरेका छन् । अभिनेता हाल बेलायत, लण्डनमा सुटिङ गरिरहेका छन् । फिल्म वास्तविक जीवनको कथामा आधारित छ । रिपोर्टमा यो फिल्म माइनिङ इन्जिनियर जसवंत सिंह गिलमा आधारित हुने बताइएको छ ।
जसवंत सिंह गिलले ६४ जनाको ज्यान बचाए । उनीहरु रानीगञ्ज कोलफिल्डमा फसेका थिए । यो सन् १९८९ को कुरा हो । जसवन्त सिंह गिलको भूमिकामा अक्षय कुमार देखिनेछन् । तर, यसबारे निर्माताले कुनै स्पष्टीकरण दिएको छैन न त कसैले यसबारे कुनै बयान जारी गरेको छ । फिल्मलाई भारतीय फिल्म कम्पनी पूजा इन्टरटेनमेन्टले निर्माण गर्नेछ । चलचित्रलाई टिनु सुरेश देसाईले निर्देशन गर्दैछन् ।
यसअघि सन् २०१६ मा रिलिज भएको चलचित्र ‘रुस्तम’ को निर्देशन तिनुले सम्हालेका थिए । अक्षय कुमारको शीर्षकविहीन फिल्मको फर्स्ट लुकलाई उनका फ्यानले सामाजिक सञ्जालमा शेयर गरेका छन् । अक्षयका यो फ्यान योर्कशायर फिल्डका बासिन्दा हुन् । जब क्रु फिल्मको सुटिङमा थिए, त्यही फ्यानले अक्षयको फोटो क्लिक गरे । पूजा इन्टरटेनमेन्टले फिल्मको सेटमा सुरक्षा व्यवस्था निकै कडा बनाए पनि अक्षय कुमारको यो तस्बिर सेटबाट लिक भएको थियो ।
फिल्मको छायांकनका लागि निर्माण कम्पनीले १०० एकड क्षेत्रफल ओगटेको भेराइटी वेबसाइटले जनाएको छ । यो फिल्म बेलायतमा सुटिङ हुने सबैभन्दा ठूलो भारतीय प्रोडक्सन फिल्म हुने बताइएको छ । चलचित्रको छायांकन भदौ अन्तिमसम्म चल्ने समेत बताइएको छ । यसपछि सम्पूर्ण क्रु र कास्ट सँगै भारत फर्कनेछन् । अक्षय कुमार र पूजा इन्टरटेनमेन्टको यो तेस्रो फिल्म हो । यो पनि बक्स अफिसमा पहिलो दुई फिल्मजस्तै सफल हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।