महाकाली नदीमा पानीको सतह बढ्न थाल्यो ,तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन आग्रह — OSNepal

महाकाली नदीमा पानीको सतह बढ्न थाल्यो ,तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन आग्रह

LC (KTM) June 18, 2021 0

महेन्द्रनगर, ४ असार – महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तकता अप्नाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५।८० मिटर र डडेल्धुराको परिगाउँमा ३।५० मिटर पुगेकाले सर्तकता अप्नाउन यहाँको भीमदत्त नगरपालिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चादँनी क्षेत्रमा समेत आग्रह गरेको हो । “सो क्षेत्रमा जोखिम आकलन गरी सो क्षेत्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले जिल्लाका विपत्का कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्र्पक गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अप्नाउन आग्रह गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर