काठमाडौं –
गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ लाई चोरीको आरोप लागेको छ । आफ्नै शब्द संगीतमा इन्दिराले सार्वजनिक गरेको उक्त गीत चोरी गरेको पाइएको छ। गीत सार्वजनिक पछि फरक शैलीमा निर्माण गरेको भनेर इन्दिराले प्रशंसा बटुलिरहेका बेला यस्तो आरोप लागेको हो ।
एक सातामा ३ हजारभन्दा धेरै दर्शक पाएको गीत अंग्रेजी गीतबाट चोरिएको पत्ता लागेको हो। सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’सँग गीतको म्युजिक हुबहु मिलेको छ।गीतमा प्रयोग गरिएको म्युजिक टोन पनि दुरुस्तै मिलेको छ।
गीतलाई लिएर आशावादी बनेकी इन्दिार अहिले भने तनाबमा रहेकी छन् । गीतमा इन्दिरा स्वयमले अभिनय गरेकी छन् भने उनलाई निराजनले साथ दिएका छन् ।