आज बिहे गर्दे अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारी — OSNepal

आज बिहे गर्दे अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारी

LC (KTM) July 08, 2022 0

काठमाडौ:
यस बर्ष अभिनेत्री तथा गायिकाहरुको लगनगाँठो कस्ने बर्षका रुपमा देखिएको छ । यसै बर्षको सुरुवात देखी अभिनेत्रीहरुको धमाधम बिबाह हुने क्रम जारी रहेको छ । अब अभिनेत्री नीता ढुंगानाको पालो रहेको छ लगनगाँठो कस्ने ।आज अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिन लागेका छन् । केही समय देखीको प्रेम अब बिबाहमा परिणत हुन लागेको छ यो जोडीको ।

यसैक्रममा बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा नेपाली चलचित्रकी सुपरब्युटी अर्थात निर्मात्री तथा अभिनेत्री रेखा थापा पनि सहभागि भईन् । त्यतिमात्र हैन अर्की अभिनेत्री अनु शाहले पनि नीताको मेहन्दीमा राम्रै साथ दिईन् । रेखा र अनुले नीतालाई आफ्नै हातले मेहेन्दी लगाइदिए ।

यो जोडीको शुक्रबार बिबाह हुनेछ भने आइतबारका लासगि रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा नीता प्रिन्टेड लेहेंगामा अत्यन्त सुन्दर देखिएकी थिइन् । सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी उनले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर