चलचित्र ‘झिंगेदाउ’ भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने — OSNepal

चलचित्र ‘झिंगेदाउ’ भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

LC (KTM) July 07, 2022 0

काठमाडौं:

प्रसिद्ध साहित्यकार भीमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगेदाउ’ भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्माण पक्षले यसअघि यो चलचित्र ३१ भदौमा प्रदर्शनमा जनाएको थियो । सोही दिन नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आउने तयारीमा रहेको र हलवालाको आग्रहपछि भदौ १७ गतेमा ‘झिंगेदाउ’ सारिएको चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।

कपनगढी सिनेमासँगको सहकार्यमा फिल्म क्रु नेपालले निर्माण गरेको यो चलचित्रमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मासँगै अभिनेता मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका छ । विष्णु कल्पितको छायांकन तथा लगानीसमेत रहेको ‘झिंगेदाउ’ मा पटकथा तथा संवाद भने प्रदीप भारद्वाजको छ । यसैबीच कथासार बुझाउन लक्ष्यका साथ ३० सेकेन्डको ‘झिँगेदाउ’ को टिजर सार्वजनिक गरिएको छ ।सौर्य दैनिकमा खबर छ । टिजरमा झिँगा, सिक्कासमेत देखाइएको छ । चलचित्रको नाम झिँगेदाउ राख्नुको अर्थ बुझाउन टिजर ल्याइएको निर्देशक देउजाले बताए । चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर