बेलायत र अमेरिकालाई जिल्ल पार्दै चीन, अन्तरीक्षबाट सोझै पृथ्वीमा बिजुली पठाउँदै — OSNepal

बेलायत र अमेरिकालाई जिल्ल पार्दै चीन, अन्तरीक्षबाट सोझै पृथ्वीमा बिजुली पठाउँदै

LC (KTM) July 06, 2022 0

नयाँ नयाँ प्रयोग तथा अबिष्कारका लागि चिन एकदमै अगाडी रहेको छ । कहिले कृतिम सुर्य निर्माण गरेर होस् या रकेट प्रक्षेपण गरेर । बिश्वका मानिसहरुको ध्यान खिच्न सफल भई नै रहेको हुन्छ । अब अहिले आएर अन्तरिक्ष बाट पृथ्वीमा बिजुली पठाउने कार्यमा जुटिरहेको छ । यसैक्रममा चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ ।

यो अत्यन्तै महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिने बताईएको छ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई चित खेलाउने योजनामा लागि परेको छ । यो परियोजनालाई चीनले चार चरणमा पूरा गर्ने तयारी थालेको छ । यदि यो परियोजना सफलता पुर्वक सम्पन्न भएको खण्डमा चिनले नयाँ चमत्कार गर्नेछ ।

अन्तरीक्षबाट सोझै पृथ्वीमा बिजुली पठाउन सक्नेछ । यो परियोजनाका लागि पृथ्वी देखी ४ सय किलोमिटर माथिबाट बिनातार पावर ट्रान्समिसनको प्रयोग गरिनेछ । दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जसलाई चीनले पुरा गर्ने योजनाका साथ अघि बढेको हो । बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ ।

त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको अवस्थामा त्यो भन्दा अगाडी नै चीनले यसलाई पुरा गर्न लागेको हो ।यस परियोजनाका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर