१२ वर्षीय बालकसहित चार दिन देखि हराइरहेका सात जना जिवितै फेला — OSNepal

१२ वर्षीय बालकसहित चार दिन देखि हराइरहेका सात जना जिवितै फेला

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । चार दिन देखि वेपत्ता भएका सात जना जिवितै भेटिएका छन् ।
पशु लिएर चराउन गएका जाजरकोट जिल्लाको जलजला पाटनबाट बेपत्ता भएका ७ जना आज शुक्रबार बिहिान जिवितै फेला परेको जाजरकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले जनाएका छन् ।

चिसो र केहि खान नपाएको कारण कमजोर उनीहरुलाई प्रहरी र स्थानयि मिलेर खाना खुवाउने काम भएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य जाँच गर्न पाटनकै प्राथमिक उपचार केन्द्रमा लागिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हराएकाहरूमा कुशे गाउँपालिका ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर