काठमाडौं २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार शर्मामाथि छानविन गर्न ६ सदस्यीय संसदीय छानविन समिति गठन हुने भएको छ ।
समिति गठनमा माओावादी समेत लचक बनेपछि संसदीय छानविन समिति बन्न लागेको हो । साथै , एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने हो ।
कुन दलबाट कति प्रतिनिधत्व त्यस्तो संसदीय छानविन समितिमा गराउने भन्नेमा विषय भने अझै टुंग्गो लागेको छैन ।
अर्थमन्त्री शर्माले आफुमाथी उठेका प्रश्नहरुको संसदमा जवाफ दिने तयारी गरेपछि एमालेले अर्थमन्त्रीलाई गर्ने भन्दै चेतावनी दिएपछि आज ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक २ बजे सम्मका लागि स्थगित भएको हो ।