काठमाडौँ ४ असार । नेपाली कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको आज ७५ वर्षको उमेर निधन भएको छ । मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको निधन बाँकेको नेपालगञ्जस्थित उनकै निवासमा भएको हो ।
२०४८ सालमा सांसदमा निर्वाचिन भएका परियार प्रतिबन्धितकालमा पार्टीको बाँकेको सचिव भएर काम गरेका थिए ।