काठमाडौं २२ असार । उच्च सुरक्षाका साथ अर्थमन्त्री जनार्दन शर्मा संसद भवन प्रवेश गरेका छन् । आज बस्ने संसद बैठकमा भाग लिन भन्दै शर्मा केहि बेर अगाडी मात्र बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका हुन् ।
आज शमाृले बजेट निमार्णको विषयमा आफु माथि लाग्दै आएको प्रश्नहरुको जवाफ दिने भएका छन् । यता प्रतिपक्षी दल नेकपा एमालले भने संसदमा शर्मालाई बोल्न नै नदिने भन्दै आएको छ ।
अर्थमन्त्री शर्मालाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झण्डा देखाउने तयारी गरेका युवा संघका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।