काठमाडौं २२ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्रीबाट जनार्दन शर्माले छानबिन समितिलाई सहयोगका लागि राजिनामा दिनुपर्ने बताएका छन् ।
उपसभापति गुरुङले गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिने भन्दै छानबिन समितिलाई सहयोगका लागि राजिनामा शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सिसि फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।’ उनले भनेका छन् । अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको तर्क रहेको छ ।
गुरुङले सामाजिक सञ्जाल मार्फत भनेका छन् , गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिन्छ।सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सिसि फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।
विवाद समाधानका लागि:
१. छानवीन समिति गठन
२. छानबिन समितिलाई सहयोगका लागि राजिनामा
३. बर्खास्त