काठमाडौँ । भारतीय चलचित्रले विश्वभर तहल्का मच्चउने गर्छन् । विश्व्चसिर्चत स्टार भारतमा भएका कारण यि स्टारहरुको आन्तरिक कुरा पनि विश्वभर भाइरल बन्ने गरेका छन् । जसमध्येको एक हो स्टारको झगडा ।
जसका कारण कयौं पटक उनीहरुको प्रोफेसनल जीवनमा पनि असर परेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा अभिनय गर्दा नजिकिने र अर्को पटक बोलचालको अवस्थामा नै नपुग्ने कैयौँ कलाकारहरु छन् भारतमा जसको एउटा राम्रो उदाहरण हुन् सलमान खान र दीपिका पादुकोण । झ गडाकै कारण सलमान र दीपिकाको जोडीलाई एकसाथ सायद अब पर्दामा देखिने छैनन् ।
सलमान खानको फिल्म ‘सुल्तान’ दीपिकाले रिजेक्ट गरेका कारण सलमान उनीसँग रिसाएपछि दीपिका र सलमानबिचको दुरी बढ्दै गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यद्यपी कतिपयको विश्लेषण भने शाहरुखको नजिक भएको कारणले पनि दीपिका र सलमानको बीच राम्रो सम्बन्ध छैन ।