काठमाडौं २१ असार । सभामुख अग्निप्रसाद सापकोटाले नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडक पेटीमा राखिएको काँडेतार हटाउन लगाएका छन् ।
सडकमा राखिएको उक्त काँडेतारले हिड्न सकस भएको भन्दै विरोध भएपछि सापकोटाले हटाउन लगाएका हुन् ।
सवार्साधारण आवतजावत गर्ने फुटपाथमा काँडेतार राखिएको भनि सभामुख सापकोटाले तत्काल हटाउन संसदका कर्मचारी र सुरक्षा निकायलाई निर्देश दिएका हुन ।