काठमाडौं २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य भएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा पार्टीका सभापति समेत शेरबहादुर देउवाले एउटै पार्टीमा त समस्या हुने भएकाले गठवन्धनमा समस्या हुनु सामान्य रहेको बताएका छन् ।
देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’
सोही कार्यक्रममा उपसभापति धनराज गुरुङलेगठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेपछि देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।