काठमाडौं २१ असार । आज बस्ने नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् ।
दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति समेत रहेका देउवा सहभागी नहुने भएका हुन् । उनको स्थानमा आजको बैठकको नेतृत्त्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुने भएको छ ।
साथै, शेखर कोइराला समुहले भने आजको बैठकमा आफ्ना पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् । कोइराला समुहले पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी गर्दै आएको छ ।
बिहिबार बसेको कोइराला समुहको बैठकले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएकोले रचानात्मक विद्रोह’ गर्ने जनाएका थिए ।