काठमाडौं २१ असार । नेकपा एमालेका नेता विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मा माथि टिप्पणी गरेका छन् ।
युद्ध सकिएपछि बेचिएका हतियार ुखोलाले बगायोु भनेर उन्मुक्ति पाए जस्तै अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति नपाउने बताएका छन् ।
राज्यमाथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि शर्मालार्य तुरुन्त बर्खास्त गर्न नेता रिजालले माग गरेका छन् ।
‘युद्ध सकिएपछि बेचिएका हतियार ुखोलाले बगायोु भनेर उन्मुक्ति पाए जस्तै अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति मिल्दैन ।’ उनले अघि भनेका छन् , ‘राज्यमाथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’