सुदूरपश्चिममा कोरोना निको हुने दर धमाधम बढ्दै — OSNepal

सुदूरपश्चिममा कोरोना निको हुने दर धमाधम बढ्दै

LC (KTM) June 18, 2021 0

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुने दर ७८ प्रतिशत पुगेको छ । गत जेठ ९ गतेसम्म निको हुने दर झण्डै ५५ प्रतिशत मात्र थियो ।स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आजसम्म ४३ हजार ८८जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कूल जनसङ्ख्याको एक दशमलब ६८ प्रतिशत हो । हालसम्म कूल जनसङ्ख्याको नौ दशमलब ८८ प्रतिशत अर्थात दुई लाख ५२ हजार ३८५जनाको कोरोनाको नमूना परीक्षण गरिसकिएको छ ।सङ्क्रमित हुने मध्ये अहिले सम्म एक दशमलब ३० प्रतिशत अर्थात ५६२जनाको मृ त्यु भएको छ ।सङ्क्रमण भएर पनि स्वास्थ्य अवस्था सामान्य भएका सङ्क्रमितहरु अझैँ पनि संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत रहेका छन् । कोरोना भाइरससँग मिल्दो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनमा उपचाररत रहनु भएको छ ।

कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृ त्यु हुने दर ह्वात्तै बढेको थियो । यसै बीच पछिल्लो २४घण्टामा प्रदेशको बझाङ जिल्लाका एक जना सङ्क्रमितको मृ त्यु भएको छ । यो अवधिमा एक हजार ९५को नमूना परीक्षण गरिँदा ६४जनामा सङ्क्रमण भएको पाइएको छ भने ९३जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ । यसै गरी यो अवधिमा विभिन्न अस्पतालका कोभिड वार्डमा थप १५,आइसियुमा नौ जना र भेन्टिलेटरमा तीन जना भर्ना भएका उपचारत् छन् प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालको रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीमा पछिल्लो२४घण्टामा मृ त्यु दर शून्य छ । यो अवधिमा अस्पतालमा नौ जना भर्ना हुँदा दुई जना उपचारपछि घर फर्किएका छन् । कोभिड वार्डमा १८ उपचाररत रहनु भएकामा सघन उपचार कक्ष(आइसियू)मा ११,भेन्टिलेटरमा एक,अक्सिजन सहयोगमा पाँच,मोड्रेटमा दुई जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर