काठमाडौँ :
दोहोरीमा अश्लील गीत गाँउन १३ कलाकारले माफी मागेका छन् ।राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले अश्लील गीत गाउने २० कलाकारलाई काटेको पत्र मध्य १३ जनाले प्रतिष्ठानमा उपस्थित भएर माफी मागेका हुन् ।
उपस्थित सबै कलाकारले अबका मितिमा आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने प्रतिबद्धता जनाएका छन्। प्रतिष्ठानले दोहोरीमा विकृति बढेको गुनासो बढ्दै गएपछि यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेको थियो ।
कार्यदल संयोजक शिव हमालले स्पष्टीकरण सोधिएको र आइन्दा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको बताए। यसो त कतिपय अग्रज कलाकारले पनि दोहोरीका नाममा अश्लील गीत गाउने गुनासो आउने गरेको छ।