खोटाङमा भारी वर्षाका कारण पहिरोले ६ घर विस्थापित, खेतमा प्लाष्टिक टनेल टाँगेर बसोबास गर्दे — OSNepal

खोटाङमा भारी वर्षाका कारण पहिरोले ६ घर विस्थापित, खेतमा प्लाष्टिक टनेल टाँगेर बसोबास गर्दे

LC (KTM) July 04, 2022 0

खोटाङ, २० असार:

पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपाका ६ घर विस्थापित भएका छन् ।

शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा(८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन् ।

धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ(जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।
घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । विस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर