काठमाडौं।
बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा आइतबार एकाबिहानै प्रहरी पुग्यो ।
प्हरी पुग्नुको खास कारण थियो स्कुलको होस्टलमा महिला कर्मचारीको शं कास्पद मृत्यु ।
काभ्रेको तिमालकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ गर्ल्स होस्टलको भुँई तलामा झु न्डि एको अवस्थामा फेला परे लगत्तै प्रहरी टोली बिद्यालयमा अनुसन्धानका लागि पुगेको थियो ।
सो घटनाबारे अनुसन्धान अघि बढेको र शव पोस्टमार्टमका लागि त्रिवि टिचिङ अस्पताल लगिने भएसँगै आफन्तले शव उठाएका छन् ।
आफन्त र बिद्यालयबिचको दिनभरको छलफलपछि विधालय प्रशासनले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने भएसँगै शव उठेको छ ।
मृतकका आफन्तले घटना रहस्यमय भएको भन्दै तत्काल अनुसन्धान थाल्न भनदै आनदोलन गरेका थिए ।