प्रचण्ड नेपालसहित पाँच नेताले गरे नेकपा ब्युँताउने सहमति, नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र — OSNepal

प्रचण्ड नेपालसहित पाँच नेताले गरे नेकपा ब्युँताउने सहमति, नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र

LC (KTM) July 03, 2022 0

काठमाडौं १९ असार । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको बैठक बसेको छ ।

आइतबार साँझ बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच विचार, दृष्टिकोण र राजनीतिक कार्यदिशामा समानता भएका कम्युनिष्ट पार्टीहरुबीच धु्रवीकरण गरे र जाने सैद्धान्तिक सहमति भएको हो ।

साथै बैठकमा छलफललाई निरन्तरता दिने समेत समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससङ्गको गठबन्धन विषयमा समेत छलफल भएको उनले बताएका छन् ।

आसन्न निर्वाचन अगावै पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाई नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्नेबारे करिब करिब सहमति भएको निकट स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर